काठमाडौं । सरकारले १० लाख भन्दा बढीको कारोबार नगदमा गर्न नपाइने व्यवस्थासहित पहिलोपटक सीमा तोकेको छ।
गत साता राजपत्रमा सूचना प्रकाशन गरेर आगामी साउन १ गतेदेखि लागू हुने गरीफ नगद कारोबारको सीमा निर्धारण गरिएको हो।
यो व्यवस्था लागू भए पछि कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एक पटकमा १० लाखभन्दा बढीको कारोबार नगदमा गर्न नपाउने भएका छन्। यस अघि राष्ट बैंकले ५० लाखको सीमालाई ३० लाख रुपैयाँमा सीमित गरेको थियो ।
राष्ट् बैंकको परामर्शमा सम्पती शुद्धिकरण निवारणको प्रयोजनका लागि नगद कारोबारको सीमा घटाइएको उल्लेख छ । कारोबार दैनिबाट ।