मल्टीपर्पस फाइनान्सको सीईओमा पुन: रजनीश कुमार सिंह नियुक्त

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन: रजनीश कुमार सिंह नियुक्त भएका छन् ।

भदौ १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सिंहलाई सिईओको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई ४ वर्षको लागि भदौ २५ गतेदेखि लागु हुने गरी पुन: नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

Share News