काठमाडौं । हालैको जेनजी आन्दोलनका क्रममा घाइते भई निजामती कर्मचारी अस्पतालमा उपचाररत बिरामीहरूको उपचारमा सहजता ल्याउन चिरायु नेशनल हस्पिटलले आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ।
उक्त सामग्री चिरायु नेशनल हस्पिटलका अपरेसन डाइरेक्टर चण्डेश्वरा नन्दराज वैद्यले विशेष समारोहका बीच निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. मोहनचन्द्र रेग्मीलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा चिरायु नेशनल हस्पिटलतर्फबाट वसन्त खनाल र लोकनाथ रेग्मीको उपस्थितिसमेत रहेको थियो । सोही कार्यक्रममा निजामती कर्मचारी अस्पतालको तर्फबाट डा. दीपक पौडेलसमेत सहभागी भएका थिए ।
चिरायु नेशनल हस्पिटलले समाजप्रति आफ्नो उत्तरदायित्वबोधसहित विपद् वा आपतकालीन परिस्थितिमा समुदायलाई निरन्तर सहयोग गर्दै आएको छ । यसपटकको सामग्री हस्तान्तरणलाई पनि सोही निरन्तरताको रूपमा लिइएको छ ।