ट्राफिक प्रहरीलाई गोल्छा ग्रुपले दियो २० वटा मोटरसाइकल

काठमाडौं । गोल्छा ग्रुपले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सुदृढ बनाउनका लागि ट्राफिक प्रहरीलाई २० वटा मोटरसाइकल प्रदान गरेको छ ।

एक विशेष कार्यक्रमको आयोजना गर्दै गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई ती मोटरसाइकलहरू औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् । 

सहयोगस्वरूप प्रदान गरिएका सबै मोटरसाइकलहरू १५० सीसीका बजाज पल्सर मोडलका छन् । 

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लिले जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको ट्राफिक प्रहरी कार्यालय बग्गीखानालाई सशक्त बनाउने उद्देश्यले उक्त मोटरसाइकल प्रदान गरेको गोल्छा ग्रुपका अध्यक्ष गोल्छाले बताए । 

null

कार्यक्रम उनले ट्राफिक व्यवस्थापनमा बजाजको योगदानले अझ प्रभावकारी सेवा दिन ट्राफिक प्रहरीलाई सहज हुने विश्वास व्यक्त गरे । यसैगरी यस सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीले भने, ‘बजाजको यो सहयोगले हाम्रो सेवा कार्यलाई थप गतिशील बनाउनेछ । यस्तो सहयोगले निजी क्षेत्र र राज्य संयोजनको राम्रो उदाहरण पेश गरेको छ ।’

null

गोल्छा ग्रुपले ट्राफिक प्रहरीको कार्य सहज र प्रभावकारी होस् भन्ने उद्देश्यका साथ यी सवारीसाधनहरू उपलब्ध गराएको हो । 

null

Share News