नारायणगढ । नेपाल माहेश्वरी परिषदको शनिवार सम्पन्न छैठौं सत्रको अधिवेशनबाट अध्यक्षपदमाश्री जयकिसन सारडा निर्विरोध चयन भएका छन् । कार्य समितिमा उपाध्यक्ष वजरंग बाहेती र कृष्णकुमार मारु, महासचिवमा विमल किशोर राठी, कोषाध्यक्षमा दूलीचंद डागा, सगंठन सचिवमा गोविन्द कृष्ण सोनी र संयुक्त सचिवमा गोविन्द रामकावरा र राजेश मल भएका छन् ।
यस्तै अन्य कार्य समिति सदस्यमा पूर्वाञ्चलबाट जुगल किशोर राठी, मांगीलालझंवर, घनश्याम काबरा, गोपाल हेडा, मूलचंद तापडिया, नवीनगट्टानी एवं मध्यतथा पश्चिमाञ्चलबाट सुरेश चंद्र साबू, रघुनंदन मारु, राजेश मल,गौरी शंकर राठी, पवनकुमार सोमानी, श्री मालचंद सोमानी, नेपाल माहेश्वरी सेवा कोष (महेश कोष) को सहसंयोजक मानविन गट्टानी गरी नयाँकार्य समिति गठन गरिएको व्यहोरा मध्यमाञ्चल माहेश्वरी सभाकासंयोजक सोहनलाल राठीले जानकारी दिएका छन् ।
यसको सेवाकार्य हेतु नेपाल माहेश्वरी सेवाकोष (महेशकोष) का संयोजकमा वेनीगोपाल मुदडा चयनित भएका छन् । सो कार्य समिति आगामी तीन वर्षका लागि निर्विरोध चयन भएको बताएका छन् ।