बालेनले मध्यरातमा लेखेर हटाएको स्टाटसविरुद्ध युवा संघले साइबर ब्युरोमा दिए उजुरी

काठमाडौं । नेकपा (एमाले) निकट युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ ।

संघले मेयर बालेनले सामाजिक सञ्जालमा केही दिनअघि लेखेको स्टाटसमा प्रयोग भएको अश्लील तथा आपत्तिजनक भाषा समाजमा घृणा फैलाउने खालको रहेको र मित्रराष्ट्रलाई अपमानित गरिएको आरोप लगाएको छ ।

बालेनले दुई दिनअघि मध्यरातमा सामाजिक सञ्जालमार्फत गालीगलौजपूर्ण स्टाटस सार्वजनिक गरेका थिए । सार्वजनिक आलोचना बढेपछि उनले सो स्टाटस केही बेरमै हटाए पनि यसको स्क्रिनसट सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिइसकेको संघको भनाइ छ ।

युवा संघले बालेनको स्टाटस अभिव्यक्ति स्वतन्त्रताको सीमाभन्दा बाहिर गएर समाजलाई विभाजित गर्ने खतरा रहेको दाबी गर्दै कानुनी कारबाहीको माग गरेको छ ।
 

Share News