गुराँस लघुवित्तको अध्यक्षमा उदयनारायण बराल नियुक्त

काठमाडौं । गराँस लघुवित्त वित्तिय संस्थाको अध्यक्षमा उदयनारायण बराल नियुक्त भएका छन् । संस्थाको कात्तिक २३ गते बसेको बैठकले सञ्चालक समितिको अध्यक्षमा बराललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनी सचिव भेष बहादुर बस्नेतका अनुसार रिक्त रहेको सञ्चालक समितिको अध्यक्ष पदमा बराललाई सर्वसम्मतीले छनोट गरिएको छ ।

विराटनगर निवासी उदयनारायण बरालले स्नातकोत्तर (एमए) तहसम्म अध्ययन गरेका छन् । उनीसँग सहकारी क्षेत्रको व्यवस्थापन तथा नेतृत्वमा करीब २७ वर्षको अनुभव रहेको छ ।

बराल यसअघि त्रिशक्ति सप्लायर्सका प्रोप्राइटर, गुराँस हर्बास्यूटिकल्सका अध्यक्ष तथा लायन्स क्लब अफ विराटनगरका अध्यक्षका रूपमा समेत काम गरिसकेका छन् ।  

Share News