समृद्धि फाइनान्सले मनायो २४औँ वार्षिकोत्सव, समृद्धि र पोखरा फाइनान्स एकआपसमा गाभिने

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले २४औँ वार्षिकोत्सव मनाएको छ । कात्तिक २५ गते आयोजित समारोहमा संस्थाका व्यवस्थापन सदस्य, कर्मचारी तथा ग्राहकहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रमका क्रममा समृद्धि फाइनान्सका सबै शाखाहरूमा कर्मचारी र बचतकर्ताको उपस्थितिमा केक काटी वार्षिकोत्सव मनाइयो । सो अवसरमा संस्थाले २४ वर्षदेखि ग्राहक सेवा, समुदाय विकास र सरोकारवालाहरूको आर्थिक तथा व्यक्तिगत हितका लागि गरेको योगदानलाई स्मरण गरिएको थियो ।

हाल समृद्धि फाइनान्सले देशभरका तेह्र शाखामार्फत नगद कारोबार, तत्काल भुक्तानी प्रणाली (आरटीजिएस), अन्तरबैंक भुक्तानी प्रणाली (आइपीएस), कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै, मोवाइल बैंकिङ, डेबिट कार्ड र क्यूआर कोड जस्ता डिजिटल सेवाहरू निःशुल्क उपलब्ध गराइरहेको फाइनान्सले जनाएको छ ।

यसैबीच, समृद्धि फाइनान्स र पोखरा फाइनान्स एकआपसमा गाभिने प्रक्रियामा रहेको जानकारी पनि संस्थाले सार्वजनिक गरेको छ।

Share News