काठमाडौं । एनएमबि क्यापिटलले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई करसहित १७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लाभांश पारित गर्न कम्पनीले मंसिर १७ गते दिउँसो साढे ३ बजे काठमाडौंमा १५औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको सभाले सञ्चालकहरूको बैठक भत्ता, भ्रमण खर्च तथा दैनिक भत्ता वृद्धि सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।
कम्पनीको सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असारसम्मको वासलात, हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरण र चालु आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ ।