जैविक तटबन्धले जोगियो बस्ती (फोटो फिचर)

काठमाडौं । हरेक वर्ष मनसुन शुरु हुनासाथ बाँके, बर्दिया, कञ्चनपुरका नदी तटिय क्षेत्रका बासिन्दाहरू त्रसित हुनुपर्थ्यो । गाउँ डुबानमा पर्थ्यो, खेतबारी बगर बन्थ्यो, घर छोडेर पशु–बालबच्चा बोकेर भाग्नुपर्थ्यो । तर अब त्यो डर हराएको छ । कारण नदी किनारमा बाँस, घाँस र स्थानीय प्रजातिका बोटबिरुवाले बनाइएको २ सय २० मिटर लामो जैविक तटबन्ध ।

समुदायस्तरिय विपद् व्यवस्थापन समिति र स्थानीयको श्रमदानमा बनेको यो तटबन्धले कर्णाली र यसका शाखा नदीहरूको कटान तथा बाढी थेग्ने काम गरेको छ । बाँके, बर्दिया र कञ्चनपुरका दर्जनौं नदीतटीय गाउँहरूमा यस्तै जैविक तटबन्धले किसानको जीवन सहज बनाएको छ ।

जैविक तटबन्ध सस्तो, दिगो र वातावरणमैत्री मात्र होइन, स्थानीयले नै बनाउन र मर्मत गर्न सक्छन् । यो सफलताले बर्दियाका अन्य जोखिमयुक्त बस्तीहरूमा पनि यस्तै अभियान तीब्र बनेको छ । बाढीको कहर थेग्न अब स्थानीयको साथमा प्रकृतिको शक्ति पनि जोडिएको छ । फोटो फिचरमा तटबन्ध जोगिएको बस्ती सम्बन्धी केही तस्बिरहरु ।

nullnullnullnullnullnullnullnullnull

 

Share News