श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले सेयरधनीलाई ६.४० प्रतिशत लाभांश दिने

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समिति मङ्सिर ९ गते बसेको बैठकले हाल कायम १ अर्ब रुपैयाँ चुक्ता पुँजीको आधारमा ६.४० प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव पारित गरेको हो ।

उक्त प्रस्ताव अनुसार सेयरधनीलाई वितरण हुने कुल लाभांश रकम ६ करोड ४० लाख रुपैयाँ हुनेछ ।

कम्पनीले प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभा बाट अनुमोदन भएपछि मात्र सेयरधनीमा वितरण गर्ने जनाएको छ ।  

Share News