सौरभ ज्योतिले मैदान छाडे, चन्द्र ढकाललाई समर्थन

<p>काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसियट तर्फको उपाध्यक्षमा चुनाव लड्ने घोषणा गरेका सौरभ ज्योतिले उम्मेदवारी फिर्ता लिएका छन् । ज्योतिले उम्मेदवारी फिर्ता लिएर चन्द्र प्रसाद ढकाललाई समर्थन गर्ने घोषणा गरेका हुन् । ‘महासंघको एकता र पेशागत गरिमालाई अझै उचाईमा पुर्याउन मैले उपाध्यक्षमा चुनाव नलड्ने घोषणा गरेको छु र मेरो समर्थन चन्द्र ढकालज्युलाई [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसियट तर्फको उपाध्यक्षमा चुनाव लड्ने घोषणा गरेका सौरभ ज्योतिले उम्मेदवारी फिर्ता लिएका छन् । ज्योतिले उम्मेदवारी फिर्ता लिएर चन्द्र प्रसाद ढकाललाई समर्थन गर्ने घोषणा गरेका हुन् ।


‘महासंघको एकता र पेशागत गरिमालाई अझै उचाईमा पुर्याउन मैले उपाध्यक्षमा चुनाव नलड्ने घोषणा गरेको छु र मेरो समर्थन चन्द्र ढकालज्युलाई रहनेछ’, ज्योतिले आइतबार महासंघ सचिवालयमा उम्मेदवारी फिर्ता लिएको जानकारी दिँदै भने । उनले शेखर गोल्छा नेतृत्वको समहुलाई सहयोग गर्ने घोषणा समेत गरेका छन् ।

आफुलाई सघाउने घोषणा गरेसँगै एसोसियट तर्फका उपाध्यक्ष उम्मेदवार चन्द्र ढकालले ज्योतिलाई धन्यवाद दिँदै भने–मलाई सहयोग गर्नु भएकोमा धन्यवाद छ, यसले महासंघको गरिमालाई अझै उचाईमा पुर्याउने छ भन्ने मेरो विश्वास छ र त्यसका लागि मेरो प्रसास रहनेछ ।

सौरभको उम्मेदवारी फिर्तासँै एसोसियट तर्फको उपाध्यक्षमा चन्द्र ढकाल निर्विरोध हुने सम्भावना पनि बढेको छ ।

Share News