स्थगित भयो नेपाली कम्युनिस्ट पार्टीको उपत्यका एकता सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले मंसिर १७ गते उपत्यका विशेष प्रदेशले आयोजना गर्न लागेको एकता सन्देशसभा स्थगित भएको गरेको छ । पार्टीका केन्द्रीय सदस्य निलकण्ठ तिवारीका अनुसार बागमती प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी र उपत्यका विशेष प्रदेश कमिटीको संयुक्त आव्हानमा कार्यक्रम गर्ने योजना अनुरुप घोषित कार्यक्रम स्थगित गरिएको हो । 

स्थगित कार्यक्रम उपत्यका विशेष प्रदेश कमिटीको आयोजनामा हुन लागेको थियो । आगामी दिनमा अझै ठूलो र प्रभावकारी कार्यक्रम आयोजना गर्ने सहमति बनेपछि घोषित कार्यक्रम हालका लागि रोकिएको तिवारीले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालयको संयोजनमा नयाँ मिति र स्थान छिट्टै टुंगो लाग्ने बताइएको छ ।

Share News