आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै

लुम्बिनीले जिते पोखरा, चितवन र जनकपुर बाहिरिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज अपरान्ह ४ बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।

६ खेलबाट ६ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ । लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरिने छ । जनकपुरले हालसम्म ५ खेलबाट २ अङ्क मात्र पाएको छ। 

Share News