काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं, ज्ञानेश्वरस्थित क्याफीओफिला सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।
यस सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहकहरूले फुड तथा बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरूले बैंकसँगको आबद्धताको प्रमाण देखाएर सहजै यो सुविधा लिन सक्नेछन् । बैंकले यो सम्झौताबाट आबद्ध सबै व्यक्तिहरूले विशेष लाभ पाउने विश्वास लिएको छ ।
सम्झौतामा बैंकतर्फ मार्केटिङ प्रमुख पर्मा ढुङ्गेल र क्याफेका फ्रान्चाइज ओनर सदिक्षा श्रेष्ठले हस्ताक्षर गरेका छन् ।