सिद्धार्थ डेभलपमेन्ट बैंकको ८५ लाख हकप्रद निष्कासन, वैशाख ७ देखि आवेदन खुला

<p>काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडको ८५ लाख १५ हजार ५ कित्ता हकप्रद सेयरको निष्कासन भएको छ । यो बैंकले प्रति सेयर १ सय रुपैयाँ अंकित यो सेयरको लागि आवेदन दिन आगामी वैशाख ७ गतेदेखि जेठ १० गतेसम्मको समय सीमा निर्धारण गरेको छ । बैंकले १० कित्ता साधारण सेयर बराबार नयाँ ६ कित्ता सेयर दिने [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडको ८५ लाख १५ हजार ५ कित्ता हकप्रद सेयरको निष्कासन भएको छ । यो बैंकले प्रति सेयर १ सय रुपैयाँ अंकित यो सेयरको लागि आवेदन दिन आगामी वैशाख ७ गतेदेखि जेठ १० गतेसम्मको समय सीमा निर्धारण गरेको छ ।

बैंकले १० कित्ता साधारण सेयर बराबार नयाँ ६ कित्ता सेयर दिने भएको छ । यो बैंकले १ अर्ब ४१ करोड ९१ लाख ६७ हजार ६ सय रुपैयाँको चुक्ता पुँजीमा १० बराबर १ (१०ः ६)को अनुपातमा सेयर जारी गरेको हो ।

यो बैंकको हकप्रद सेयर खरिदका लागि गत फागुन १९ गतेत्रि सेयर खरिद गरेका लगानीकर्ताले आवेदन दिन पाउँने छन् । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड हो ।

यसको सेयर आवेदन दिन नबिल इन्भेष्टमेन्ट बैकिङ नारायण चौर र बैंकको सम्पूर्ण शाखाबाट दिन सकेन उल्लेख छ । यो बैंकको प्रति सेयर हाल २९७ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News