काठमाडौं । बन्दीपुर होटल अब अन्तर्राष्ट्रिय होटल ‘लेमन ट्री’ ब्राण्डमा सञ्चालन हुने भएको छ ।
बुधबार बन्दीपुर होटल र लेमन ट्री होटल्स लिमिटेडबीच १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापन सम्झौता सम्पन्न भयो।
सम्झौतापछि बन्दीपुरस्थित होटल अब लेमन ट्री होटल्स ब्राण्डको नेटवर्कमा सामेल हुँदै अन्तर्राष्ट्रिय स्तरमा परिचालन हुनेछ।
सम्झौतापत्रमा बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट इन्जिनियर विष्णु पन्थी र लेमन ट्री होटल्स लिमिटेडको तर्फबाट मुख्य कार्यकारी अधिकृत विलास पवारले हस्ताक्षर गरे ।
यो सम्झौताले अन्तर्राष्ट्रिय पर्यटक आकर्षण बढाउने र स्थानीय रोजगार सृजना गर्ने अपेक्षा गरिएको छ ।
बन्दीपुरको होटल शीघ्र औपचारिक रूपमा लेमन ट्री होटल्सको ब्राण्ड नाम तथा मानकअनुसार सञ्चालनमा आउने जनाइएको छ ।