काठमाडौं । सिप्रदी ट्रेडिङले थापाथलीस्थित टाटा मोटर्सको शोरुमलाई कला प्रदर्शनी हलमा परिणत गरेको छ । शुक्रबार कम्पनीले आयोजना गरेको ‘टियागो ईभी इन्टर स्कुल आर्ट कार्निभल’ मा सहभागी विद्यार्थीहरूले बनाएका चित्रकलाहरू शोरुममा प्रदर्शनी तथा बिक्रीका लागि राखिएका हुन् ।
कार्यक्रमको मुख्य उद्देश्य बालबालिकाको कला र सिर्जनात्मकतालाई प्रवर्द्धन गर्नु रहेको सिप्रदी ट्रेडिङका प्यासेन्जर कार डिभिजनका बिजनेस हेड साउनजंग सिजापतिले बताए ।
‘जुन समुदायमा हामी व्यापार गर्छौं । त्यही समुदायको कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने हाम्रो उद्देश्य हो,’ उनले विकासँगन्युजसँग भने, ‘बालबालिकाको प्रतिभालाई सबैले हेर्न पाऊन् भनेर हामीले यो मञ्च सिर्जना गरेका हौं ।’
साउनजंग सिजापति
सिजापतिका अनुसार दुई साताअघि काठमाडौंका १७ वटा विद्यालयका विद्यार्थीहरूबीच दुई श्रेणीमा (कक्षा १-५ र कक्षा ६-९) कला प्रतियोगिता आयोजना गरिएको थियो । ‘क्लिन इनर्जी, ग्रिन इनर्जी र वातावरण’ जस्ता विषयवस्तुमा आधारित रहेर विद्यार्थीहरूले तयार पारेका उत्कृष्ट चित्रहरूलाई प्रदर्शनीमा समावेश गरिएको छ ।
यस्तै, कम्पनीकी मार्केटिङ प्रमुख अभिरुचि गिरीले बुढानीलकण्ठ स्कुलमा आयोजना गरिएको प्रतियोगितामा १० निजी र ७ सामुदायिक गरी १७ विद्यालयको सहभागिता रहेको बताइन् ।
उनका अनुसार प्रदर्शनीमा राखिएका चित्रकला बिक्रीबाट उठेको रकमको ५० प्रतिशत सम्बन्धित विद्यार्थी (कलाकार) लाई र बाँकी ५० प्रतिशत रकम विद्यालयको क्लबलाई हस्तान्तरण गरिनेछ ।
‘बालबालिकाले आफ्नो सिर्जना व्यक्त गर्न पाऊन् भन्ने हेतुले यो कार्यक्रम आयोजना गरिएको हो,’ गिरीले भनिन् ।
टियागो ईभीको ब्रान्डिङ युवा र रंगीन भएकाले यो कार्यक्रमलाई टियागो ईभीसँग जोडेर आयोजना गरिएको उनको भनाइ छ ।

अभिरुचि गिरी
किन छानियो टियागो ईभी ?
गिरीका अनुसार नेपाली बजारमा अत्यन्तै लोकप्रिय रहेको ‘टियागो इभी’ लाई नै यस अभियानको केन्द्रमा राखिनुको पछाडि विशेष कारण छ । टियागो इभी आफैंमा एक ‘युथफुल’ (तन्नेरी), कलरफुल र जीवन्त ब्रान्ड हो । बालबालिकाको ऊर्जा र कलाको रंगसँग यो गाडीको दर्शन ठ्याक्कै मेल खाने भएकाले टियागो ईभीसँग यो कला यात्रालाई जोडिएको हो ।
उनका अनुसार सन् २०२३ मा लन्च भएदेखि नै टियागो इभी नेपालको सबैभन्दा लोकप्रिय इलेक्ट्रिक ह्याचब्याकको रूपमा स्थापित भएको छ ।
पहिलो वर्षमै २३०० भन्दा बढी युनिट बिक्री भएर कीर्तिमान कायम गरेको यो गाडीले अहिले पनि बजारमा आफ्नो बलियो उपस्थिति कायमै राखेको छ । ग्राहकहरूको सकारात्मक प्रतिक्रिया र सडकमा देखिने यसको व्यापक उपस्थितिले नै यसको सफलतालाई पुष्टि गर्ने कम्पनीको दाबी छ ।
विद्यार्थीमा उत्साह
आफूले बनाएको चित्र बिक्री भएको देख्दा बुढानीलकण्ठ स्कुलमा ए लेभलमा अध्ययनरत छात्रा यशस्वी केसी निकै खुसी देखिन्छन् । ‘होस्टेलको कोठामा रातिसम्म बसेर मेहनतले बनाएको चित्र कसैले मन पराएर किनिदिँदा आफ्नो प्रयासको कदर भएको महसुस भयो,’ उनले भनिन् । उनले यस्तो अवसर प्रदान गरेकोमा टाटा मोटर्स र आफ्नो विद्यालयप्रति आभार व्यक्त गरिन् ।

सोही विद्यालयकी अर्की छात्रा अनुष्णा भट्टराईले पनि आफ्नो चित्र प्रदर्शनीमा राखिएको र बिक्री भएकोमा खुसी व्यक्त गरिन् । उनले आफ्नो चित्रमा कुमारी, पुरानो नेवारी बस्ती र आधुनिकताको प्रतीकका रूपमा टाटाको गाडीलाई समेटेर परम्परा र आधुनिकताबीचको संयोजन देखाउन खोजेको बताइन् । ‘टाटा मोटर्सले हाम्रो सिर्जनालाई देखाउन यति राम्रो प्लेटफर्म दिएकोमा म धेरै आभारी छु,’ उनले भनिन् ।

सिप्रदीले विगतमा पनि यस्ता सामाजिक कार्यक्रमहरू आयोजना गर्दै आएको र भविष्यमा पनि कला, संस्कृति तथा अन्य विषयमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने योजना रहेको जनाएको छ ।
टाटाको सबैभन्दा कम मूल्यको टियागो ईभी नेपालमा सार्वजनिक भएको तीन वर्ष पुगेको छ । यसको मूल्य २९ लाख ९९ हजार रहेको कम्पनीले बताएको छ ।
एप्पल कार प्ले र एन्ड्रोइड अटो फिचर कनेक्टिभिटी रहेको टियोगो ईभीमा ७ इन्चको हर्मन इन्फोटेन्मेन्ट सिस्टम र ८ वटा स्पीकर रहेको छ ।

टियागो ईभीमा लेदरेटेड सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेनसेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, इलेक्ट्रीक ओआरभीएम, क्रूज कन्ट्रोल, कुल्ड ग्लोवबक्स, पुस बटम स्टार्ट स्टप जस्ता फिचरहरू रहेका छन् ।
टाटा मोटर्सले टियोगो ईभीको ब्याट्री तथा मोटरमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिएको छ भने अन्य पार्टसमा ३ वर्ष वा १ लाख २५ हजार किलोमीटरसम्मको वारेन्टी दिएको छ ।




