कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीसँग छलफल गर्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति र महामन्त्रीहरूसँग छलफल गर्ने भएका छन् ।

सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बिहान ९ बजे शीर्ष पदाधिकारीहरूको बैठक बस्ने तय भएको कांग्रेस स्रोतले जनाएको छ। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीभित्रको आन्तरिक व्यवस्थापन, संगठन सुदृढीकरण , सक्रिय सदस्यता र आगामी महाधिवेशनका बारे छलफल हुने भएको छ ।

बैठकमा कार्यबाहक सभापति पुर्ण बहादुर खड्का , उपसभापति धनराज गुरुङ  तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको सहभागिता रहनेछ भने छलफलको निष्कर्षका आधारमा आवश्यक निर्णयहरू अगाडि बढाइने कांग्रेसले जनाएको छ।

Share News