काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
निर्णयअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७ रुपैयाँ ४६ पैसाको कुल १३ प्रतिशत अर्थात् ६५ करोड १५ लाख ५३ हजार २१३ रुपैयाँ ६७ पैसा बराबरको नगद लाभांश (करसहित) वितरण गर्नेछ ।
घोषित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।