काठमाडौं । नेपाल सरकारले एकै पटक ६० सहसचिवको सरुवा गरेको छ । निर्वाचन गराउने एकमात्र कार्यादेशसहित बनेको सरकारले एकैपटक यति धेरै सहसचिवको सरुवा गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एकजना सचिवका अनुसार राजपत्रांकित प्रथम श्रेणिका कर्मचारीको एकैपटक गरिएको यो ठूलो सरुवा हो ।
पुर्व सचिव शारदा प्रसाद त्रिताल पनि यो सरुवाप्रति त्यति सकमारात्मक देखिदैनन् । त्रितालले सवै सरकारको काम कर्मचारी सरुवा गर्नुजस्तै गरी अन्तरीम सरकारले पुरानै कामलाइ निरन्तरता दिएको सामाजिक सञ्जालमा लेखेका छन् ।
निर्वाचन नजिकिँदै गरेको समयमा भएको ठूलो संख्यामा सरुवालाई धेरैले चासोका साथ हेरेका छन् । अन्तरिम सरकारको मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले यति ठूलो संख्यामा उच्च तहका कर्मचारीको सरुवा गरेको हो ।