पूर्वराष्ट्रपति भण्डारीले भेटिन् प्राध्यापक रवि लक्ष्मी चित्रकारलाई

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानमन्त्री झलनाथ खनालकी श्रीमती तथा प्राध्यापक रवि लक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । चित्रकारलाई उनकै निवासमा पुगेर भण्डारीले भेटेकी हुन् ।

भण्डारीले स्वास्थ्य परीक्षण तथा उपचारको प्रगतिबारे जानकारी लिँदै प्राध्यापक चित्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । 

केही दिनअघिमात्रै चित्रकार भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा तीन महिना लामो उपचारपछि स्वदेश फर्किएकी थिइन् । 

Share News