काठमाडौं । सिद्धार्थ बैंकले २३औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरूका लागि विशेष लाइफटाइम फ्री क्रेडिट कार्ड अफर सार्वजनिक गरेको छ । यो अफर डिसेम्बर २५, २०२५ देखि जनवरी २३, २०२६ सम्म ३० दिन सञ्चालन हुने बैंकले जनाएको छ ।
बैंकको अफरअनुसार स्ट्यान्डर्ड क्रेडिट कार्डमा लाग्ने आवेदन शुल्क र पहिलो वर्षको वार्षिक शुल्क पूर्ण रूपमा छुट दिइने व्यवस्था गरिएको छ ।
सुविधा प्राप्त गर्नका लागि ग्राहकहरूले दोस्रो वर्षदेखि वार्षिक शुल्क छुट पाउन अघिल्लो वर्ष कम्तीमा तीन पटक क्रेडिट कार्डमार्फत कारोबार गर्नु पर्ने छ । उदाहरणका लागि, डिसेम्बर २०२५ मा जारी गरिएको कार्डका लागि जनवरी २०२६ देखि डिसेम्बर २०२६ भित्र कम्तीमा ३ वटा कारोबार गर्नु पर्नेछ ।
बैंकका अनुसार यस अफरको मुख्य उद्देश्य ग्राहकलाई थप सुविधा प्रदान गर्नुका साथै डिजिटल कारोबारको प्रवर्धन गर्नु हो ।