हुन्डाई नेपालको ‘विन्टर डिलाइट’ अभियान सुरु, ५ लाखसम्म छुट

काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई विन्टर डिलाइट’ अभियान सार्वजनिक गरेको छ । 

बिहीबार (आज) देखि लागू हुने यस सीमित अवधिको अभियानमार्फत ग्राहकलाई आकर्षक छुट, नयाँ वर्ष बोनस तथा थप विशेष सुविधाहरू प्रदान गरिने कम्पनीले जनाएको छ ।

अभियानअन्तर्गत हुन्डाईका छानिएका मोडलहरूमा ग्राहकले ५ लाख रुपैयाँसम्मको नगद छुट तथा १ लाख रुपैयाँसम्मको नयाँ वर्ष बोनस प्राप्त गर्न सक्नेछन् । 

साथै १ वर्षको निस्शुल्क बीमा सेवा र निस्शुल्क सडक कर सुविधा पनि समावेश गरिएको छ, जसले नयाँ वर्षको अवसरमा गाडी खरिदलाई अझ लाभदायक बनाएको छ ।

हुन्डाई गाडीहरूमा उपलब्ध ३ वर्षको वारेन्टी, हाई–भोल्टेज ब्याट्रीमा ८ वर्षको वारेन्टी तथा ६ वर्षको निस्शुल्क सर्भिसिङ सुविधाले हुन्डाईको गुणस्तर, विश्वसनीयता र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता झल्काउँछ ।

देशभर रहेका हुन्डाई शोरूमहरूमा लागू हुने यस ‘विन्टर डिलाइट’ अभियानका अफरहरू सीमित अवधिका लागि मात्र उपलब्ध रहने लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ । 

Share News