क्रिसमस-नयाँ वर्षलक्षित दीपलको ‘फेस्टिभ ड्राइभ’ सुरु

काठमाडौं । दीपलको आधिकारिक वितरक एमएडब्लु वृद्धिले क्रिसमस तथा नयाँ वर्ष २०२६ को अवसरमा विशेष टेस्ट ड्राइभ तथा एक्सचेन्ज कार्यक्रम ‘दीपल फेस्टिभ ड्राइभ’ सुरु गरेको छ ।

पुस १० देखि १७ गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत ग्राहकहरूले नक्सालस्थित चांगान शोरुम मा दिपलका प्रिमियम इभी मोडेलको टेस्ट ड्राइभ लिनुका साथै आफ्ना पुराना सवारीसाधन साटेर नयाँ दिपल इभी एक्सचेन्ज गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ग्राहकलाई अत्याधुनिक ईभी प्रविधिको प्रत्यक्ष अनुभव गराउन यो अभियान सुरु गरिएको हो ।

‘फेस्टिभ ड्राइभ’ अवधिमा शोरुमलाई विशेष फेस्टिभ डेकोरेसन गरिएको छ भने ग्राहकहरूले सान्टा रोबोटको अनौठो अनुभव, साथै आकर्षक गिफ्ट ह्याम्पर पनि प्राप्त गर्नेछन् ।

Share News