रोहित पौडेललाई एसपीजी अटोमोबाइल्सको सम्मान, जे फाइभ ईभीसहित ब्रान्ड एम्बासडर घोषणा

काठमाडौं । नेपालका लागि ओमोडा र जेको गाडीको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो नयाँ ब्रान्ड एम्बासडर घोषणा गरेको छ । 

नेपाली क्रिकेटमा ऐतिहासिक सफलता दिलाउँदै पौडेलको कप्तानीमा लुम्बिनी लायन्सले हालै एनपीएल सिजन-२ को उपाधि जित्न सफल भएको थियो ।

उक्त उल्लेखनीय उपलब्धिको सम्मानस्वरूप एसपीजी अटोमोबाइल्सले पौडेललाई अत्याधुनिक जे फाइभ ईभी गाडी प्रदान गरेको छ ।

कम्पनीले गाडी मात्र होइन, गाडीमा लाग्ने सम्पूर्ण करसमेत स्वयं व्यहोर्ने घोषणा गर्दै पौडेलप्रतिको सम्मान र विश्वासलाई अझ बलियो बनाएको छ । 

यस अवसरमा एसपीजी अटोमोबाइल्सले यसअघि ब्रान्ड एम्बासडरको भूमिका निर्वाह गरेका राष्ट्रिय क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई पनि विशेष सम्मान गरेको छ ।

एसपीजी अटोमोबाइल्सले खेलकुद क्षेत्रसँगको सहकार्यमार्फत युवा पुस्तालाई प्रेरणा दिने र नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउने उद्देश्य रहेको जनाएको छ । 

Share News