एमाले काठमाडौंले गर्‍यो समानुपातिक उम्मेदवार सिफारिस

काठमाडौं । नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ७१ जनाको नाम सिफारिस गर्दै निर्वाचन प्रक्रियामा सहभागी भएको छ । काठमाडौं जिल्ला कमिटी फागुन २१ गते हुने निर्वाचनका उम्मेदवार सिफारिस गर्ने पहिलो जिल्ला कमिटी बनेको छ ।

जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले पुस ७ गते भर्चुअल बैठकमार्फत उम्मेदवारको नाम टुंगो लगाइएको जानकारी दिएका छन् । बैठकमा पार्टीको समावेशी सिद्धान्तअनुसार विभिन्न वर्ग, क्षेत्र र समुदायबाट प्रतिनिधित्व हुने गरी नाम सिफारिस गरिएको अध्यक्ष निरौलाले जानकारी दिए ।

एमाले जिल्ला कमिटी काठमाडौंले बिन्दु महर्जन, कुलभक्त शाक्यसहित ७१ जना नेताहरूको नाम सिफारिस गरेको निरौलाले बताए ।

Share News