काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक उम्मेदवार छनोट गरेको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकले सबै क्लस्टरबाट प्रतिनिधित्व हुने गरी ११० जनाको नाम तय गरेको छ ।
महतका अनुसार कांग्रेसले यसअघिल्ला निर्वाचनमा समानुपातिक सूचीमार्फत अवसर पाएका नेताहरूलाई यसपटक दोहोर्याएको छैन । सबै जिल्लाबाट प्रतिनिधित्व हुने गरी बन्द सूची तयार पारिएको उनले जानकारी दिए ।