काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा बुधबार दुवै धातुको मूल्य घटेको छ । बुधबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा १२० रुपैयाँले घटेको हो ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६१ हजार रुपैयाँ र त्यति नै चाँदीको मोल चार हजार ४७० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ६२ हजार १०० रुपैयाँ र त्यति नै चाँदीको मोल चार हजार ५९० रुपैयाँमा कारोबार भएको थियो ।