काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १० अंकले बढेर २६३३ बिन्दुमा पुगेको हो ।
नेप्सेका अनुसार १६३ कम्पनीको सेयर मूल्य बढ्दा ८९ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बुधबार ३४२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार ग्रीन भेन्चरको भएको छ । ग्रीन भेन्चरको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै बन्दिपुर केबलकारको १५ करोड, श्रीनगर एग्रीटेकको १३ करोड, हिमालयन रिइन्स्योरेन्सको १२ करोड ९१ लाख र शिवम् सिमेन्टको १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
एसवाई प्यानल र न्यादी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
बुधबारको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह १.६१ प्रतिशतले बढेको छ ।