मेटलाइफ नेपालले गर्यो सरकारको पुनःनिर्माण कोषलाई २५ लाख रुपैयाँ सहयोग

काठमाडौं । मेटलाइफले नेपाल सरकारको भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । 

मेटलाइफ नेपालले अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । 

सन् १८६८ मा स्थापित भएको मेटलाइफ विश्वभर ४० भन्दा बढी बजारहरूमा सञ्चालनमा रहेको छ र संयुक्त राज्य अमेरिका, एसिया, ल्याटिन अमेरिका, युरोप र मध्य पूर्वमा अग्रणी स्थान ओगटेको छ । मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालन भइरहेको छ । 

नेपालमा यसले आफ्ना व्यक्तिगत तथा संस्थागत ग्राहकहरूलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामूहिक बीमा जस्ता बीमा योजनाहरू उपलब्ध गराउँदै आइरहेको छ । 

Share News