कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । 

शुक्रबार अपराह्न २ वजे आह्वान भएको बैठक दिउँसोको सवा पाँच बजे केन्द्रीय कार्यालय, सानेपामा सुरु भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । महाधिवेशनसम्बन्धी विवाद उत्कर्षमा पुगेका बेला बैठक आह्वान गरिएको हो ।

यसअघि बिहीबार पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशनको तय गरिएको कार्यतालिका स्थगित गरिएको जानकारी दिएका थिए । 

उनीहरूले नियमित महाधिवेशनको सट्टा विशेष महाधिवेशनको विकल्प प्रस्ताव गरेपछि कांग्रेसभित्र आन्तरिक असन्तोष र तनाव थप चर्किएको छ ।

Share News