काठमाडौं । काठमाडौंमा गैरकानुनी अन्तर्राष्ट्रिय कल बाईपास सञ्चालन गरिरहेको व्यक्ति पक्राउ परेका छन् ।
गोप्य सूचनाको आधारमा नेपाल टेलिकम र एनसेल प्रालिको प्राविधिक सहयोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौं महानगरपालिका वडा नं. ३०, ज्ञानेश्वरस्थित कस्टको इन्फरमेसन टेक्नोलोजीमा छापा मार्दै कल बाईपास गर्दै गरेको अवस्थामा ३० वर्षीय राजन राजवंशी पक्राउ गरेको हो ।
पक्राउ परेका राजवंशी झापाको बिर्तामोड नगरपालिका वडा नं। २ का मूल निवासी हुन् र हाल काठमाडौं धुम्बाराहीमा बस्दै आएका छन् । उनीमाथि दूरसञ्चार ऐन, २०५३ अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको छ ।
राजवंशीलाई पक्राउ गर्ने क्रममा सीआईबीले विभिन्न उपकरणहरू बरामदसमेत गरेको छ ।
प्रहरीका अनुसार थप अनुसन्धान जारी रहेको छ र अवैध अन्तर्राष्ट्रिय कल बाईपास सञ्चालनमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको छ ।