भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान दुर्घटना, सबै यात्रु सकुशल

काठमाडौं । भद्रपुर विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको विमान रनवेमा चिप्लिएको छ । झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार विमान रनवेबाट करिब १८० मिटर बाहिर पुगेको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका काठमाडौं-भद्रपुर उडान सङ्ख्या ९०१ जहाज-नाइन एन-एएमएफ विमान भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिरिएको हो । 

‘विमान अवतरणका क्रममा ‘ओभर रन’ भई घाँसे मैदानमा पुगेको हो, ५१ यात्रु र चार चालक दलका सदस्य सबै सकुशल छन्,’ उनले भने । 

आज साँझ ७ बजे काठमाडौंबाट भद्रपुर प्रस्थान गरेको विमान ९:४५ बजेतिर अवतरण गर्ने क्रममा उक्त घटना भएको हो । 

Share News