काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।
शनिबार बसेको एमाले इलाम जिल्ला कमिटीको बैठकले नेम्वाङलाई सर्वसम्मत रूपमा एकल सिफारिस गर्ने निर्णय गरेको हो ।
नेम्वाङ नेकपा एमालेका केन्द्रीय सदस्य हुन् । उनी यसअघि २०८० वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनका पिता तथा पूर्वसभामुख सुवास नेम्वाङको निधनपछि रिक्त रहेको क्षेत्रमा एमालेले उनलाई उम्मेदवार बनाएको थियो।
उपनिर्वाचनमा नेम्वाङले नेपाली कांग्रेसका डम्बर खड्कालाई ५ हजार ८३० मतले पराजित गर्दै २७ हजार ७७२ मतसहित विजयी भएका थिए ।