झापा–५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि ओलीलाई सर्वसम्मत सिफारिस

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले झापा क्षेत्र नम्बर ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको छ ।

शनिबार बिर्तामोडमा सम्पन्न क्षेत्रीय समन्वय कमिटीको बैठकले ओलीको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार उक्त क्षेत्रमा अन्य कुनै पनि उम्मेदवारको दाबेदारी नआएपछि अध्यक्ष ओलीको नाम सर्वसम्मत रूपमा पार्टी केन्द्रमा पठाइएको हो ।

ओली यसअघि पनि झापा–५ बाट लगातार भारी मतान्तरसहित विजयी हुँदै आएका छन् । यसपटकको निर्वाचनमा पनि उनको पकड बलियो रहेको ठहर गर्दै क्षेत्रीय कमिटीले उत्साहपूर्वक उनको नाम सिफारिस गरेको पार्टीले जनाएको छ ।

Share News