काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले हाल कायम चुक्ता पुँजीको २ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ ।
पुस २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ रहेको छ । यस आधारमा बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र हकप्रद सेयर निष्काशन प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।