अवार्डले जिम्मेवारी थपेको छ, देश विकासमा अझ सक्रिय हुन्छौं: नबिल बैंकका सीईओ ज्ञवाली

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले विकास नायक अवार्डले आफूहरूलाई थप जिम्मेवारी बोध गराएको बताएका छन् । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा बोल्दै उनले अवार्डलाई प्रेरणा र दायित्वका रूपमा लिएको बताए ।

सीईओ ज्ञवालीका अनुसार नबिल बैंकले जलविद्युत् क्षेत्रमा ठूलो लगानी गर्दै आएको छ । ‘हामीसँग ५० अर्ब रुपैयाँभन्दा बढी कर्जा हाइड्रोपावर क्षेत्रमा लगानी भएको छ,’ उनले भने । 

उनले नबिल बैंक देशको प्रमुख करदातामध्ये एक भएको उल्लेख गर्दै धेरै कर तिर्ने र नाफा कमाउने संस्थालाई नकारात्मक रूपमा चित्रण गर्ने प्रवृत्तिप्रति असन्तोष व्यक्त गरे । ‘समृद्धिलाई अभिशाप होइन, सह्राना गर्न जरुरी छ,’ उनले भने ।

सीईओ ज्ञवालीले राम्रो काम गर्नेको खुलेर प्रशंसा हुनुपर्ने र गलत काम गर्नेले सजाय पाउनुपर्नेमा जोड दिए । ‘अवार्डले हामीलाई थप जिम्मेवारी दिएको छ । अब यसलाई बहन गर्दै अझ परिस्कृत र जिम्मेवार ढंगले देश विकासमा अग्रसर हुनेछौं,’ उनले बताए ।

उनले बैंकले आगामी दिनमा अझ परिष्कृत सेवा, दिगो लगानी र राष्ट्र निर्माणमा योगदान बढाउँदै जाने प्रतिबद्धता व्यक्त गरे ।

Share News