कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न पार्टीले बैठक बोलाएको हो ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहीबार (आज) अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । 

यसअघि पार्टीले बुधबार एक विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशन आह्वान गर्ने अधिकार कुनै एक व्यक्ति वा समूहलाई नभएको स्पष्ट पारेको थियो ।

यसअघि नै विशेष महाधिवेशन पक्षधर समूहले पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशन आह्वान गरेको घोषणा गरेको थियो । त्यसपछि महामन्त्रीद्वय थापा र शर्माले पनि आ–आफ्ना वक्तव्यमार्फत विशेष महाधिवेशनको आह्वान गरेका हुन् ।

Share News