सानिमा रिलायन्स लाईफको १०.१७ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ। सभाको अध्यक्षता कम्पनीका अध्यक्ष रतन लाल केडियाले गरेका थिए ।

सभामा कम्पनीको आव ०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण रिपोर्ट र वित्तीय विवरण पारित गरिएको छ । साथै, संचालक समितिको प्रस्ताव अनुसार चुक्ता पूँजीको १०.१७८ प्रतिशत दरले ५१ करोड ४ लाख १८ हजार ९ सय ७० रूपैयाँ बराबरको नगद लाभांश करसहित वितरण गर्ने निर्णय पनि पारित भएको छ । यसैगरी लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणको प्रस्ताव पनि स्वीकृत भएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले संस्थागत सुशासन, ग्राहकमैत्री सेवा, शाखा विस्तार, सूचना प्रविधि प्रयोग र आन्तरिक नियन्त्रण प्रणालीका कारण कम्पनीले बीमा बजारमा सम्मानजनक स्थान ओगट्न सफल भएको जानकारी दिँदै मर्जरपछि आएका चुनौतीहरू व्यवस्थापन गरी कम्पनीलाई सबल र सक्षम बनाउन सफल भएको बताए ।

सभाध्यक्षले उपस्थित सेयरधनी, अतिथिहरू, नियामक निकायहरू, अभिकर्ता, बीमित र सञ्चारकर्मीलाई धन्यवाद दिँदै सभालाई समापन गरेका छन् ।

Share News