काठमाडौं । नेपाल निर्यात परिषद्को अध्यक्षमा डा। रामशरण थपलिया निर्वाचित भएका छन् । परिषद्को बुधबार (आज) सम्पन्न २८ औं वार्षिक साधारणसभामा थपलिया निर्विरोध रूपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।
साथै सभाले नयाँ कार्यसमिति पनि निर्वाचित गरेको छ ।
परिषद्को प्रथम उपाध्यक्षमा हरिप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा हरि ढकाल, महासचिव वसन्तराज अधिकारी, कोषाध्यक्षमा राजु बाँनिया, सचिवमा अमृतमान श्रेष्ठ र सहकोषाध्यक्षमा हरिशरण भेटवाल निर्वाचित भएका छन्।
परिषद्ले नेपालमा उत्पादित हस्तकलाका सामान, फेल्ट, धातुका सामग्री, गार्मेन्ट, नेपाली ढाकाका कपडा, उलनका हाते उत्पादनलगायतका सामाग्री विदेशमा निर्यात गर्दै आएको छ ।
ती सामाग्री आर्थिक वर्ष २०८१/८२ मा दुई खर्ब ७७ अर्ब तीन करोड र चालु आवको चार महिनामा ९३ अर्ब ५० करोडको सामान विभिन्न मुलुक निर्यात भएको थियो ।
