८४ जनाले आँखाको ज्योति पुनः प्राप्त गरे

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा भएको मोतियाविन्दु शल्यक्रिया शिविरपछि ८४ जनाले आँखाको ज्योति पुनः प्राप्त गरेका छन् ।

मेलम्ची नगरपालिका–११ स्थित तीलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा बुधबार र बिहीबार दुई दिनसम्म मोतियावन्दु शल्यक्रिया शिविर सञ्चालन गरेको हो । 

तीलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीका प्रमुख कृतिका वैद्यका अनुसार तीलगङ्गा आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा. रबा थापाको नेतृत्वको टोलीले शल्यक्रिया गरेको हो । शल्यक्रियापछि उनीहरू खुसी भएका छन् । 

यही पुस १३ गतेदेखि पाँचपोखरी थाङपाल गाउँपालिका, इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकाका विभिन्न स्थानमा शिविर सञ्चालन गरी आँखाको समस्या भएका बिरामीको शल्यक्रिया गरिएको हो । 

तीलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्ची, तीलगङ्गा आँखा प्रतिष्ठान र भिजन हिमालय फाउण्डेशनको आयोजना  तथा मेलम्ची नगरपालिकासँगको समन्वयमा शल्यक्रिया शिविर सम्पन भएको हो ।

Share News