काठमाडौं । नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त भएकी छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रानालाई नियुक्त गरेको हो ।
निवर्तमान अध्यक्ष सरला केसीको कार्यकाल सकिएपछि रानालाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो ।
यस्तै, उपाध्यक्षमा रोशनीलक्ष्मी तुइतुइलाई नियुक्त गरिएको छ भने सदस्यहरूमा हीराकुमारी निरौला, सरला केसी, संगीता श्रेष्ठ, रामानन्द चौधरी नियुक्त भएका छन् ।