गुणस्तरहीन पुष्टि भएपछि लेभोफ्लक्स ५०० बजारबाट फिर्ता, एन्टिबायोटिक प्रयोगमा जोखिम

काठमाडौं । औषधी व्यवस्था विभागले लेभोफ्लक्स ५०० ट्याबलेटलाई बजारबाट फिर्ता पठाएको छ । राष्ट्रिय औषधी प्रयोगशालाले बजारमा आएको लेभोफ्लक्स ५०० ट्याबलेट नमुना परीक्षण गर्दा गुणस्तर नभएको पाइएकाले बजारबाट तुरुन्त फिर्ता मगाउन भनेको विभागले जनाएको छ । 

बारामा रहेको म्याग्नेस फर्मा कम्पनीले उत्पादन गरेको बीबी २४००१ ब्याचको यो औषधी गुणस्तर नभएको पाइएपछि फिर्ता मगाउनुपरेको हो । 

लेभोफ्लक्स ५०० तेस्रो पुस्ताको एन्टिबायोटिक हो । यो ब्रोंकाइटिस, निमोनिया, छालाको संक्रमण, मुत्रनलीको संक्रमणजस्ता गम्भीर ब्याक्टेरियल संक्रमणको उपचारमा प्रयोग गरिन्छ ।

यो औषधीको नमुना २०२५ फेब्रुअरीमा संकलन गरेको भए पनि गुणस्तर रहेरनरहेको थाह पाउन झण्डै एक वर्ष लागेको छ । 

विभागले एकवर्ष अगाडि औषधीको गुणस्तर परीक्षण गर्दा २०२६ को जनवरीमा गुणस्तरबारे पत्ता लागाउँदै फिर्ता मगाउन निर्देशन दिएको हो । बजारमा रहेको औषधी फिर्ता पठाउन भने पनि धेरैजसो औषधी बिक्री भइसकेको वा प्रयोग गरिएको हुनसक्ने अनुमान गरिएको छ । 

विभागले जनशक्ति अभावका कारण समयमै काम गर्न नसकेको प्रत्रिक्रिया दिएको छ । अहिले यो औषधी बजारमा कति छ भन्नेबारे जानकारी लिन विभागका औषधी निरीक्षकले देशभरका २ हजार ५ सय फार्मेसीमा निरीक्षण गर्ने काम गरिरहेको छ । 

विभागले बजारको औषधी फिर्ता लिन र गुणस्तर औषधी निर्माण गर्न कम्पनीलाई निर्देशनसमेत दिएको छ ।  

‘औषधी ऐन २०३५’ ले कुनै पनि औषधी गुणस्तरहीन भएको पाइएको बजारबाट फिर्ता लिनु पर्ने व्यवस्था गरेको छ।

null 
 

Share News