काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको २४ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
सञ्चालक समितिका अध्यक्ष कुवेरमणि नेपालको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन पारित गर्दै लेखा परीक्षण प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण सहित वित्तीय विवरण अनुमोदन गरेको छ ।
सभाले आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक तोकेको छ । साथै कम्पनीको नियमावली अद्यावधिक गर्ने, नियामक निकायमा आवश्यक कार्य गर्न र कम्पनीका गाडी, स्क्राप तथा अन्य सेयर सम्पत्ति बिक्री गर्ने अधिकार सञ्चालक समितिलाई दिएको छ ।
अध्यक्ष नेपालले सभामा सेयरधनी, सञ्चालक समितिका सदस्य र शुभेच्छुकप्रति कृतज्ञता व्यक्त गर्दै कम्पनीको २५ औं साधारणसभा भव्यरूपमा मनाउने योजना भएको जानकारी दिए ।
कम्पनीले गत वर्ष विद्युत बिक्रीबाट १३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।