काठमाडौं । विदेश अध्ययनका लागि गएका नेपाली विद्यार्थीसँगै ५६ अर्ब ५२ करोड रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा भ्रमण व्ययतर्फ ५६ अर्ब ५२ करोड रुपैयाँ बाहिरिएको हो । यो अघिल्लो वर्षको तुलनामा ९ अर्ब ७ करोडले बढी हो । अघिल्लो वर्षको यसै अवधिमा ४७ अर्ब ४५ करोड रकम बाहिरिएको थियो ।
पछिल्लो समय विदेश पढ्न जाने विद्यार्थीको संख्या बढेसँगै बाहिरिने रकम पनि बढ्दै गएको छ । नेपाली विद्यार्थीबाट ५६ अर्ब बढी रकम बाहिरिएसँगै विदेशबाट नेपाल अध्ययनका लागि आउने विद्यार्थीबाट एक अर्ब दुई करोड रुपैयाँ बराबरको विदेशी मुद्रा भित्रिएको छ।
गएको चार महिना (साउन–कात्तिक) मा अर्ब दुई करोड रुपैयाँ बराबरको विदेशी मुद्रा भित्रिएको हो । यो रकम नेपाली विद्यार्थीले खर्च गरेको रकमको दुई प्रतिशत भन्दा कम हो ।
नेपाल राष्ट्र बैँकका अनुसार सेवा खाता अन्तर्गत भ्रमण व्यय ५.३ प्रतिशतले वृद्धि भई ८८ अर्ब ९७ करोड पुगेको छ । भ्रमण आय भने ३.७ प्रतिशतले कमी भइ ३३ अर्ब ९७ करोड कायम भएको छ ।