१६५ मध्ये ४९ क्षेत्रमा मात्रै टुंगियो रास्वपाको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १६५ निर्वाचन क्षेत्रमध्ये आजसम्म ४९ क्षेत्रमा मात्रै उम्मेदवारहरूको अन्तिम टुङ्गो लगाएको छ । 

पार्टीका सहप्रवक्ता रमेश प्रसाईका अनुसार सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापति डीपी अर्याललगायतका नेताहरूको नाम पार्टीले टुङ्ग्याएको छ । 

प्रतिनिधिसभा प्रत्यक्षतर्फको उम्मेदवारी पनि समानुपातिकको शैलीमा प्राइमरी इलेक्सनमा गर्ने तयारी गरीएपनि समय अभाव र पार्टी एकताका कारण त्यसो गर्न नसकिएको प्रसाईंले बताए । 

उनका अनुसार पार्टी नेतृत्व अहिले टिकट वितरणलाई अन्तिम स्वरूप दिनेगरी गृहकार्यमा लागेको छ ।

झापा–१ निशा डाँगी
झापा–२ इन्दिरा रानामगर
झापा–३ प्रकाश पाठक
झापा–४ शम्भु सुस्केरा
झापा–५ बालेन शाह
मोरङ–३ गणेश कार्की
ओखलढुंगा– विश्वराज पोखरेल
उदयपुर–२ सूर्यबहादुर तामाङ
काठमाडौं–६ शिशिर खनाल
काठमाडौं–७ गणेश पराजुली
काठमाडौं–८ विराजभक्त श्रेष्ठ
काठमाडौं–९ डीपी अर्याल (डोलप्रसाद)
नुवाकोट–१ डा. विक्रम तिमल्सिना
नुवाकोट–२ डा. अच्युतम लामिछाने
चितवन–१ हरि ढकाल
चितवन–२ रवि लामिछाने
चितवन–३ सोबिता गौतम
लमजुङ  धर्मबहादुर केसी
गोरखा–१ सुदन गुरूङ 
गोरखा–२ कविन्द्र बुर्लाकोटी
तनहुँ–१ स्वर्णिम वाग्ले
तनहुँ–२ श्रीराम न्यौपाने
नवलपुर–१ राजन गौतम
जुम्ला– बिनिता कठायत
बाजुरा– हेमराज थापा
कञ्चनपुर–१ जनकसिंह धामी
कञ्चनपुर–२ दीपक बोहरा
कञ्चनपुर–३ ज्ञानेन्द्र महतारा
कैलाली–१ कोमल ज्ञवाली
कैलाली–३ लक्ष्मण थारू
कैलाली–४ हरि रेग्मी
कैलाली– ५ आनन्द चन्द 
अछाम–२ भूपदेव शाह
बाँके–३ खगेन्द्र सुनार
दाङ–२ विपिन आचार्य
रुपन्देही–३ डा. लेखजंग थापा
कास्की–२ उत्तम पौडेल
स्याङ्जा–१ धनञ्जय रेग्मी

Share News