काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
यससँगै गगनकुमार थापालाई कांग्रेसको सभापतिमा कामकाज गर्ने बाटो खुला भएको छ । थापा समूहले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेको थियो ।
उक्त नेतृत्वलाई निर्वाचन आयोगले मान्यता दिएपछि त्यसविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवासमेत २ जनाको तर्फबाट सर्वोच्चमा रिट दायर भएको थियो ।
सर्वोच्चले निर्वाचन आयोगको निर्णयमा कारण देखाऊ आदेश जारी गर्दै कांग्रेसका दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारको टिकटमा थापाले नै हस्ताक्षर गरेर टिकट वितरण गरेका छन् ।