रास्वपाले मनोनयन दर्ता गर्न पुगेका उम्मेदवारको टिकट खोस्यो, कैलाली-४ मा खेमराज बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कैलाली–४ मा खेमराज कोइरालालाई टिकट दिएको छ । यसअघि हरि रेग्मीलाई दिएको टिकट खोसेर रास्वपाले कोइरालालाई दिने निर्णय गरेको हो । 

मंगलबार रेग्मी मनोनयन दर्ताका लागि निर्वाचन कार्यालय पुगिसकेका थिए । तर, एकाएक रास्वपाले कोइरालालाई टिकट पठाउँदै मनोनयन दर्ता गर्न निर्देशन दिएको हो । 

रास्वपाले जिल्ला निर्वाचन कार्यालय कैलालीलाई लेखेको पत्रमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा कैलाली क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा जारी गरिएको उम्मेदवारको नाम परिवर्तन गर्नुपर्ने आन्तरिक निर्णय भएको हुँदा निज उम्मेदवार हरि रेग्मीको नाम खारेज गरी खेमराज कोइरालालाई राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक उम्मेदवार कायम गरिदिन हुन अनुरोध गर्दछु ।’

Share News