काठमाडौं । सुपरमाई हाइड्रोपावर र माछापुच्छ्रे क्यापिटलबीच सम्झौता भएको छ । सुपरमाई हाईड्रोपावरले आफ्नो धितोपत्र कारोबारको रजिष्ट्रार सेवा माछापुच्छ्रे क्यापिटललाई सुम्पिएको हो ।
सम्झौताअनुसार माछापुच्छ्रे क्यापिटलले सुपरमाई हाईड्रोपावरका सेयरवालाको लगत अद्यावधिक राख्ने, दाखिल, खारेज, नामसारी, टुक्र्याउने लगायत सम्पूर्ण रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्नेछ ।
सम्झौता समारोहमा माछापुच्छ्रे क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपेन्द्र मालाकार र सुपरमाई हाइड्रोपावरका सीईओ रवि पौडेलले हस्ताक्षर गरे ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो र नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श, निष्काशन तथा बिक्री प्रबन्धक, सेयर रजिष्ट्रार र सामूहिक लगानी कोष सेवा प्रदान गर्दै आएको छ ।